३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

समिट एयर दुर्घटना : कोपाइलट र असईको मृत्यु, एयर होस्टेज सकुशल (अपडेट)



अ+ अ-

काठमाडौं । लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए । रानाका अनुसार एयर होस्टेज आर. लामा भने सकुशल रहेको बताए ।

समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

आइतबार बिहान समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान भएको दुर्घटना भएको हो ।काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए ।