३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री बास्कोटाका स्वकीय सचिव कुटिए



अ+ अ-

काठमाण्डौं। सञ्चारमन्त्री गोकुल बास्कोटाका स्वकीय सचिव राजकुमार सापकोटामाथि हातपात भएको छ । मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोजेपछि उनीमाथि कुटपिट भएको होे ।

बिहीबार साँझ काभ्रेको पनौती नगरपालिकामा रहेको ढलमले भन्ने स्थानमा उनलाई पिटिएपछि उपचारका लागि बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा लगिएको थियो तर उपचार सम्भव नभएपछि उनलाई राति नै नर्भिक अस्पताल ल्याइएको छ।

परिवार सहित सापकोटा कहाँ जाँदै थिए र किन भन्ने अझै खुलेको छैन तर उनी पिटिएको कुरा गुपचुप राखिएको छ । यस घटनामा संलग्न रहेको भन्दै काभ्रे प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पनौतीकै सुमन बोगटी, चन्दन बोगटी र प्रमेश केसीलाई पक्राउ गरेको छ।

मोटरसाइकलले ठक्कर दिएर हिँड्न खोजेका सापकाेटा स्थानीयले हातपात गरेपछि माथिल्लो निकायबाट फोन गराई उम्कन खोजेका थिए ।