२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईको अघि टिकेन राजस्थान, ४ विकेटले पराजित



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले छैटौं जित हासिल गरेको छ । चेन्नईले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको हो ।

१५२ रनको लक्ष्य पछ्याएको चेन्नईले इनिङको अन्तिम बलमा जित हासिल गर्नुअघि विकेट गुमाएको थियो । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १८ रन आवश्यक थियो ।

बेन स्टोक्सको बलिङमा रविन्द्र जडेजा र मार्क सान्टनरले छक्का प्रहार गरेर जित दिलाए । अन्तिम बलमा ३ रन आवश्यक रहेकोमा सान्टनरले छक्का प्रहार गरेका थिए ।

चेन्नईले सुरुआती ४ विकेट सस्तैमा गुमाएको थियो । सेन वाट्सन, फाप डू प्लेसिस, सुरेश रैना र केदार जादव गरी चार सुरुआती ब्याट्सम्यान सस्तैमा आउट हुँदा चेन्नईले २४ रनमात्र बनाएको थियो ।

कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडूले पाँचौं विकेटका लागि ९५ रनको सानदार साझेदारी गरेपछि जितको आधार बनेको थियो ।

अन्तिम दुई ओभरमा क्रमसः रायडू ५७ र कप्तान धोनी ५८ रनमा आउट भए । रायडूले ४७ बलमा २ चौका र ३ छक्का तथा धोनीले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि जयपुरस्थित सवाइ मानसिंह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

उसका लागि बेन स्टोकले २८ रन बनाए भने जोस बटलरले २३ रन थपे । अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।

श्रीयास गोपाल र जोफ्रा आर्चरले क्रमसः १९ र १३ अविजित रन बनाएपछि राजस्थानले १५० को स्कोर पार गरेको हो । बलिङमा चेन्नेइका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दीपक चाहरले दुई दुई विकेट लिए ।

जितसँगै चेन्नाइले लिगको अंकतालिकामा शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । चेन्नईको ७ खेलमा १२ अंक छ भने दोस्रो स्थानमा कोलकाता नाइट राइडर्सको ६ खेलमा ८ अंक छ ।