३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयरको मूल्यमा सामान्य गिरावट



अ+ अ-

काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने सेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सूचक ०.५९ अंकले घटेर ११८४.०२ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.०५ प्रतिशतले तल झरेको हो । १७० कम्पनीको ३९ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १२ लाख ५१ हजार २४१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता सेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए ।

कारोबार रकममा कुमारी बैंकले अग्रता लिएको छ । कुमारीको ३ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र एनआइसी एसिया बैंक परेका छन् ।