३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा निर्वाचन : चाइनाटोली गाँउका मतदाताले गरे मतदान बहिष्कार



अ+ अ-

काठमाडौं । भारतको उपल्लो आसाम क्षेत्रमा पर्ने चाइनाटोली गाँउका मतदाता लोकसभा निर्वाचन बहिष्कार गरेका छन् ।कांग्रेसको गढ मानिने उक्त क्षेत्रमा उपयुक्त सडक नभएको भन्दै निर्वाचन बहिष्कार गरेका हुन् ।

आज बिहीबार निर्धारण गरिएको पहिलो चरणको लोकसभा निर्वाचन सडकको माग राखेर गाउँलेहरुले निर्वाचन बहिष्कार गरेको संचार माध्यमहरुले जनाएको छ ।

जोरहत क्षेत्रबाट हाल कमख्या प्रसाद तासा सांसद छन् । उनले भाजपाबाट अघिल्लो चुनाव जितेका थिए । त्यस अघि १८ वर्षसम्म, कांग्रेसका विजोय कृष्ण हन्दिक यस क्षेत्रका प्रतिनिधि थिए ।

विधान सभाको लागि भने चाइनाटोली मरियानी विधान सभा निर्वाचन क्षेत्रमा पर्छ । त्यसमा तीन पटक देखी कांग्रेस विधायक रुपज्याती कुर्मीले प्रतिनिधित्व गरिरहेका छन् ।