३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको नाममा बनेको फिल्म प्रदर्शनमा रोक



अ+ अ-

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवनमा केन्द्रीत रहेर बनाइएको फिल्म प्रदर्शनमा निर्वाचन आयोगले निर्वाचन सम्पन्न नहुँदासम्म रोक लगाएको छ ।

विपक्षीहरूले समेत निर्वाचन अाचारसंहिता विपरीतकाे उक्त फिल्ममा राेक लगाउन अायाेग समक्ष अाग्रह गरिअाएका थिए । आयोगले ‘पिएम नरेन्द्र मोदी’ नाम वायाेपिक फिल्म प्रदर्शनमा रोक लगाएको हो । 

लोकसभा निर्वाचनलाई मध्यनजर गरेर बनाइएको उक्त फिल्म बिहीबारदेखि प्रदर्शन गर्ने तयारी थियो । निर्वाचन सुरु भएपछि प्रदर्शन सुरु गरिन थालिएको सो फिल्मको प्रचारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भन्दै आयोगले रोक लगाएको हाे । पिएम मोदीसँगै एटीआर लक्ष्मी, उद्यमा सिंहम नाम फिल्महरु पनि रोक लगाएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन सुरु हुँदै गर्दा प्रदर्शन गरिने यस्ता फिल्मले कुनै पनि राजनेता वा राजनीतिक पार्टीको छविमा असर पर्न सक्ने भएकोले प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि काँग्रेस आइका एक कार्यकर्ताले पिएम नरेन्द्र मोदी फिल्म प्रदर्शनमा राेक लगाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटलाई अदालतले खारेज गरेको थियो ।

निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफै निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी निर्वाचन नसकिँदा सम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाएको छ ।

भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर लोकसभा निर्वाचन हुन लागेको छ । निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुन लागेको छ ।

प्रमुख प्रतिस्पर्धी काँग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो । निर्वाचनको स्वार्थ देखिएको भन्दै काँग्रेसले उठाएको विषयमा आम समर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई महसुस गरी प्रतिबन्ध लगाउने निर्णय गर्यो । भारतमा निर्वाचन आयोगको अनुमति बिना चुनावको केही हप्ताअघि राजनीतिक प्रचार गर्ने किसिमका सामग्रीको विज्ञापन गर्न निषेध गरिएको छ ।

प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायले खेल्नुभएको छ । चलचित्रमा मोदीले बाल्यकालमा रेलहरुमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रुपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ ।

त्यसैगरी उहाँ गुजरातको मुख्यमन्त्री भएको बेला अनुकरणीय काम गरेको, ठूलाठूला समस्याहरु समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको निर्माताहरुले जनाएका छन् ।

समग्रमा मोदीको सफलता देखाउने र उहाँप्रतिको आकर्षण बढाउने मनसाय चलचित्रमा समेटिएको छ ।

यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक हप्ता अघि नै अर्थात् अप्रिल ५ मा नै प्रदर्शन गर्ने भनिए पनि फेरि रोकिएको थियो । तर अहिले प्रदर्शनको तरखर भइरहेका बेला फेरि निर्वाचन आयोगले रोकिदिएको हो ।

एएनअाइ