३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमले भने– विदेशीहरुले नापेको सगरमाथाको उचाइमा मलाई विश्वास छैन्, तपाईहरु इन्चि इन्चि नाप्नुस्



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बुधबार विदाइ गरेका छन्।

प्रधानमन्त्री शर्माले प्रधानमन्त्री निवास बालुवाटारबाटमा एक कार्यक्रमको आयोजना गरेर नापी विभागका चार जना टोलीलाइृ बिदाइृ गरेका हुन् । उक्त टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।

प्रधानमन्त्री ओलीले टोलीलाई विदाइ गर्दै भने भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ । तर मलाई भरपर्दो लागेन । केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने पनि आयो । त्यही आसपासमा होला, घटेको हुनु नपर्ने हो ।

प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक-फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताए । नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ। तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला, प्रधानमन्त्री ओलीले भने, तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ।

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हाँसिल गर्नका लागि शुभकामना दिए। तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाएका छन्।लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् ।सगरमाथा त्यही हुन्छ।अर्को पटक गएर नापेर आए हुन्छ, प्रधानमन्त्री ओलीले भने गाइडको निर्देशन पालना गर्नुहोला ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने टोलीलाई दिइएको कार्यादेशबारे जानकारी गराएकी थिइन् ।