३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारको क्रममा दश महिने बालकको मृत्युु, आफन्तद्धारा छानविनको माग



अ+ अ-

बुटवल । रुपन्देहीको बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा उपचारको क्रममा बालकको मृत्युु भएपछि छानविनको माग गरेका छन् ।

सोमबार साँझ बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएपछि उक्त माग गरिएको हो ।

इमरजेन्सीमा पुुयाएको एक घण्टासम्म पनि चिकित्सक नाउँदा बालकको मृत्युु भएको बुबा नारायणले बताए । बालकका आफन्तले शव बुझ्न मानेका छैनन् । उनीहरूले समयमै डाक्टर नआउँदा बालकको ज्यान गएकाले घटनाको छानविन गर्न माग गरेका छन् ।

अस्पतालका चिकित्सक डा. सन्तोष पोखरेलले वान्ता सर्केर मृत्युु भएको हुुन सक्ने बताए । उनले भने, ‘हामीले बिरामीलाई आउँदा वित्तिकै सिरिन्जबाट औषधि दिएका थियौं । तर, निमोनिया भएको बच्चा रहेछ ।

डा. पोखरेलले आफूहरूको कुुनै गल्ती नभएको बताएका छन् ।