३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया परिचालन गरेर लोडसेडिङ ब्युँताउन खेल सुरु गरे, काम गर्न दिएनन् : घिसिङ



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताएका छन् ।

घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाएका छन् ।

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर काम गर्न बाधा पारेको बताए ।

उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भने , ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’

आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उनले प्राधिकरण नाफामा गएको नपचेको बताए ।