२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : कोलकत्ता शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थान उक्लिएको हो ।

एक सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकत्ताले १३.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । कोलकत्ताको जितमा क्रिस लिनले ५०, ओपनर सुनिल नारायणले ४७ रन र रोबिन उथप्पाले २६ रन बनाए । राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए ।

यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले अविजित ७३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ओपनर जस बटलरले ३७ रन बनाए । अन्य ब्याट्सम्यान जम्न सकेनन् ।

बलिङमा कोलकत्ताका ह्यारी गर्नीले दुई र प्रसिद्ध कृष्णाले एक विकेट लिए । यस जितसँगै शीर्ष स्थान कब्जा गरेको कोलकत्ताले आठ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सको पनि आठ अंक छ ।