३० जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन एसईई परीक्षाको प्रश्नपत्र आउट गराउने मुख्य नाईकेहरु



अ+ अ-

सप्तरी । एसईई परीक्षाको प्रश्नपत्र प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रदेश २ मा संचालन भइरहेको एसईई परीक्षाको चैतको १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र लिक गर्नेहरुलाई सार्वजनिक गरिएको हो ।

बिहीबार प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संयुक्त जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेहरुमा दुई प्रहरीसहित ६ जनालाई रहेका छन् ।

पक्राउ पर्ने प्रहरीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । जसको सुरक्षार्थ खटिएका जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन् ।