२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिदानको नियुक्तपछि रियल मड्रिडको पहिलो हार



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले रियल मड्रिडलाई पराजित गरेको छ । बुधबार राति भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले रियल मड्रिडलाई २–१ ले पराजित गरेको हो ।

भ्यालेन्सियाको जितमा गोनकालो गुइडेस र इजिक्वेल गारेले गोल गरे । म्याड्रिडका करिम बेन्जेमाले एक गोल फर्काएका थिए ।

खेलको ३५ औं मिनेटमा गोनकालोको गोलबाट अग्रता लिएको भ्यालेन्सियाका लागिख ८३औं मिनेटमा गारेले अर्को गोल थप्दै दोस्रो गोल गरे । यो नै जितको दोस्रो निर्णायक गोल बन्यो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले गोल गरेपनि रियालको हार टार्न सकेन । जिदान प्रशिक्षकमा नियुक्त भएपछि रियलको यो पहिलो हार हो ।

हारसँगै रियालको ला लिगाको उपाधियात्रा निकै कमजोर बनेको छ । रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि छ । रियलको ३० खेलबाट ५७ अंक रहेको छ । भ्यालेन्सिया ४६ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।