२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो शिशु जन्मिएको २६ दिनपछि जुम्ल्याहा शिशु, डाक्टर नै आश्चर्य चकित



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरिफा सुल्ताना इती नाम गरेकी २० वर्षीय युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्। पहिलो बच्चा जन्मिएको समयमा चिकित्सकले उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा नपाएको बताएका छन्।

ती युवतीले शल्यक्रियामार्फत जुम्ल्याहा बच्चा जुन्माएकी हुन्। २६ दिनअघि उनले सामान्य रुपमा एक सन्तान जन्माएकी थिइन्। पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएकी हुन् ।

बीबीसीका अनुसार २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भएको हो । त्यतिबेला चिकित्सकले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन्। पछि उनी अस्पताल जाँदा चिकित्सकले अल्ट्रासोनेग्राफी टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए।

अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ।उनको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्, हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन। २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भयो।

उनले पहिलो सन्तानलाई पहिलो पाठेघरबाट र जुम्ल्याहा शिशु दोस्रो पाठेघरबाट जन्म दिएकी हुन्। यस्तो घटना निकै दुलर्भ रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले मंगलबार डिस्चार्ज भएका छन्।