२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत अन्तरिक्ष महाशक्ति बनेको छ, तीन मिनेटभित्र सेटलाइटलाई खसालेको छ :मोदी



अ+ अ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधनमा भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् ।

मोदीले भने, ‘केही समयअघि भारतले एक अभुतपूर्ण सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । संसारका तीन देश अमेरिका, रुस र चीन नै मात्रै यो उपलब्ध हासिल गरेका थिए । अब यो पंक्तिमा भारत पनि समावेश भएको छ । ’

उनले थपे, ‘अन्तरिक्षमा तीन सय किलोमिटर टाढा लो अर्ब अर्बिट (एलइओ) सेटलाइटलाई खसालेको छ । यो एक पूर्व निर्धारित लक्ष्य थियो र तीन मिनेटभित्र यो हासिल गरियो । मिशन शक्ति यो निकै कठिन अपरेशन थियो जसलाई हामीले हासिल गर्यौं । हामी यसका लागि आफ्ना वैज्ञानिकलाई बधाई दिन्छौं ।’

‘अन्तरिक्ष आज हाम्रो जीवनशैलीको महत्वपूर्ण हिस्सा हो । आज हामीसँग विभिन्न उपग्रह छन् र यो देशको विकाशमा योगदान दिइरहेका छन्,’ उनले भने ।

उनले आफ्नो देशका वैज्ञानिकहरुलाई बधाई दिएका छन् । ‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहम् हिस्सा बनेको छ । आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशको विकासमा योगदान दिइरहेका छन्,’ उनले भने ।