३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतसँग नेपाल पराजित



अ+ अ-

काठमाडौँ । कुवेतसँगको मैत्रिपुर्ण फुटबलमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । सोमबार राति कुवेतको अल शबाब रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

कुवेतको लागि एकमात्र गोल युसुफ नासिरले पेनाल्टीबाट गरेका थिए । नासिरले खेलको २९ औं मिनेट गरेको गोल नै कुवेतको लागि प्रयाप्त बन्यो ।

नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । पहिलो खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो ।

योसँगै मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । प्रशिक्षक कालिनले खेलमा कुवेतलाई टक्कर दिन सफल भए पनि पेनाल्टीमा गोल हुनु नै दुर्भाग्य भएको बताएका छन् ।