२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको कट्टर समर्थक र घोर विरोधी एकै ठाँउबाट चुनाव लड्दै



अ+ अ-

काठमाडौं । विहारमा सीपीआई (माले)ले बेगूसराय सिटमा सीपीआईका सम्भावित उम्मेदवार कन्हैयाकुमारलाई समर्थन गर्ने घोषणा गरेको छ । वामपन्थी गढ मानिएको विहार विधानसभाका पहिलो कम्युनिस्ट विधायक पनि यही क्षेत्रबाट चुनिएका थिए । हाल वामपन्थीको पकड कमजोर भएको क्षेत्रबाट कन्हैयाकुमार उम्मेदवार बनाउन लागिएको हो ।

बेगूसरायमा शनिबार सीपीआईको स्टेट क्याबिनेटको बैठक बसेको थियो, जसमा प्रदेश सचिव सत्यनारायण सिंहसहितका नेताहरु थिए । बैठक ५ घन्टासम्म चलेको थियो ।

भारतीय संचार माध्यमका अनुसार कन्हैयाकुमारलाई वाम पार्टी सीपीआई (माले) र अन्य सीपीएमले समर्थन गर्नेछन् । अब एनडीएका उम्मेदवार गिरिराज सिंहको सामाना कन्हैयाकुमारले गर्नेछन् । गिरिराज कट्टर मोदी समर्थक मानिने गरिन्छ भने कन्हैयाकुमार घोर मोदीविरोधी मानिने गरिन्छ । ।

यी दुईको प्रतिस्पर्धाले बेगूसराय भारतको लोकसभा चुनावमा हट सिट हुने पक्का भएको छ ।