२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मफेयर अवार्ड : रणवीर र आलियाको जोडी उत्कृष्ट नायक–नायिका



अ+ अ-

‘फिल्मफेयर अवार्ड’ शनिबार राती मुम्बइमा भव्य रुपमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा नायक साहरुख खान, रणवीर कपुर, रणवीर सिंह, आयुष्मान खुराना, साराअली खान, जान्वी कपुर, विक्की कौशल, दीपिका पादुकोण, आलिया भट्ट लगायतका दर्जनौ बलिउडकर्मीको उपस्थिती थियो ।

यो अवार्डमा उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले हात पारे भने नायिकामा ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । त्यस्तै उत्कृष्ट चलचित्रमा ‘राजी’ले पपुलरतर्फ अवार्ड प्राप्त गर्दा ‘अन्धाधुन’ले क्रिटिक्स अवार्ड प्राप्त गरेको छ ।

स्वर्गिय नायिका श्रीदेवीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा श्रद्धाञ्जली दिइएको थियो । हेमा मालिनीलाई ‘फिल्मफेयर लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो । त्यस्तै

कसले कुन अवार्ड जिते ?

उत्कृष्ट अभिनेता – रणवीर कपूर – सञ्जु

उत्कृष्ट अभिनेत्री – आलिया भट्ट – राजी

उत्कृष्ट संवाद – अक्षत घिल्डियाल – बधाई हो

उत्कृष्ट संगीत – पद्मावत

उत्कृष्ट डेब्यु अभिनेत्री – सारा अली खान – केदारनाथ

उत्कृष्ट डेब्यु अभिनेता – ईशान खट्टर – बियोन्ड द क्लाउड

उत्कृष्ट छायांकन – पंकज कुमार – तुम्बाड

उत्कृष्ट गायिका – श्रेया घोषाल – घूमर

उत्कृष्ट गायक – अरिजीत सिंह – राजी – ऐ वतन-

उत्कृष्ट भिएफएक्स – जिरो

उत्कृष्ट ध्वनी – कुणाल शर्मा – तुम्बाड

उत्कृष्ट नृत्य निर्देशक – महेश – पद्मावत – घूमर

उत्कृष्ट लय – गुलजार – राजी – ऐ वतन

उत्कृष्ट कथा – मुल्क – अनुभव सिन्हा

उत्कृष्ट पटकथा – अंधाधुन – श्रीराम राघवन र टीम

उत्कृष्ट साहायक अभिनेत्री – सुरेखा सीकरी – बधाई हो

उत्कृष्ट साहायक अभिनेता – विक्की कौशल – सञ्जु र गजराज राव – बधाई हो

उत्कृष्ट चलचित्र (पपुलर) – राजी