२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : चेन्नईको सहज जित, बैंगलोर सात विकेटले पराजित



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको उद्घाटन खेलमा चेन्नई ले रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले खराव खेल प्रर्दशन गरेको थियो । उसले दिएको ७१ रनको लक्ष्य चेन्नईले १७।४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । सुरेश रैनाले १९ र केदार जादवले अविजित १३ र रबिन्द्र जडेजाले अविजित ६ रन बनाए । बलिङमा बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७.१ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले २९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । मोइन अली र एबी डी भिलियर्सले समान ९–९ रन बनाए । कप्तान विराट कोहली ६ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले तीन–तीन विकेट लिए ।