३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैदेशिक रोजगार विभागका नायव सुब्बा घुस सहित रंगेहात पक्राउ



अ+ अ-

काठमाडौँ । बैदेशिक रोजगार विभाग, काठमाडौँका नायव सुब्बा रामकुमार फुयाँललाई घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले फुयाँललाई सेवाग्राहीसँग रू ६०,००० घुसबापतको रकम सहित पक्राउ गरेको हो ।

फुयाँलले जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा फुयाँल र खड्कालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

फुयाँलविरुद्ध बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी आयोगमा परेको थियो ।