३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : नेपाल र भारतबीचको फाइनल खेल हेर्न गएका दर्शकले टिकट काट्न पाएनन्



अ+ अ-

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।

खेल हेर्न विराटनगरेको मैदानसम्म पुगेको खेलप्रेमीले टिकट काट्न जाँदा साविकको दरभन्दा बढि भनेर भनेपछि दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । उनिहरुले विना सूचना टिकट दर बढाइएको भन्दै आक्रोश पोखेका छन् ।

सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो ।


तर शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका हुन् ।

११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।