२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा मनाइयो लिंग पर्व (फोटो फिचर)



अ+ अ-

जापानमा एउटा विशेष पर्व मनाउन हजारौँ मानिसहरु भेला भए । त्यो पर्व यस अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुष यौनांगमय भयो ।

यो लिंग पर्वलाई जापानमा होनेन साइ भनिन्छ । होनेन साई पर्वमा लिंग आकारका बहुरंगी आकृतिहरु यत्रतत्र राखिएका थिए ।

युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए ।

जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्दछन् । अनि रमितेहरुको पनि ताँती लाग्दछ ।

एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ ।

यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ ।

यो पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् ।