२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्ले व्याई मल्होत्रा, आलियापछि तारासँग इलु इलु !



अ+ अ-

कुनै समय बलिउड नायिका आलिया भट्ट र नायक सिद्धार्थ मल्होत्राको प्रेम निकै उत्कर्षमा पुगेको थियो । उनीहरुको प्रेम मिडियामा पनि खुल्लम खुल्ला थियो । तर, अहिले भने उनीहरु एक आपसमा छुट्टिएका छन् । आन्तरिक असमझदारीका कारण उनीहरु छुट्टिएका थिए ।

सिद्धार्थसँग छुट्टिएकी आलिया अहिले नायक रणवीर कपुरको प्रेममा मस्त छिन् । उनीहरुको प्रेम पनि मिडियासामु प्रस्ट छ । रणवीर र आलिया छिट्टै बिबाहको तयारी पनि गरिरहेका छन् ।

आलियासँग छुट्टिएका सिद्धार्थ भने सिंगल थिए । तर, अब भने उनी सिंगल छैनन् भन्ने चर्चा बलिउड बजारमा चल्न थालेको छ । बलिउडमा चलेको गसिपलाई आधार मान्ने हो भने सिद्धार्थ अहिले ‘स्टुडेन्ट अफ दि इयर–२’बाट डेब्यु गर्न लागेकी नायिका तारा सुतारियाको प्रेममा छन् ।

उनीहरु एक मलमा चलचित्र ‘बदला’ हेर्न एकसाथ पुगेका थिए । उनीहरु बेला–बेला एक अर्कालाई भेट्ने गरेको कुरा पनि मिडियामा आएको छ ।