२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनअभिमतमा आधारिक लोकतान्त्रिक विधि’, सीकेसँग सम्झौताको मोडालिटी के ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देव सरकार र सिके राउतबीच भएको ११ बुँदै सम्झौँता सकारात्मक भएको बताएका छन् ।देवले उक्त सहमतिलाई काँग्रेसले सकारात्मक रुपमा ग्रहण गरेको पनि जानकारी गराए ।

उनले भने,‘ केन्द्रीय राजनीतिमा करिब ६ वर्षदेखि देखिएको राष्ट्रघाती र राष्ट्र विरोधी चिन्तन तथा अभियानको केही दिनअगाडि अर्थात २४ गते सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिबाट त्यसको पटाक्क्षप भएको छ ।

यो पटाक्क्षप नेपालमा शान्तिपूर्ण रुपमा राजनीति गर्न चाहने, नेपालमा लोकतान्त्रिक रुपमा आर्थिक रुपान्त्रण चाहने सम्पूर्ण राजनीतिक पार्टीहरुको दागि यो सुखद सन्देश हो । कांग्रेस लोकतन्त्रि विधि र प्रक्रियाबाट मुलुकको समाजिक र आर्थिक रुपमान्त्रणका लागि सतिसाल रुख झै अडिक रहेन भएकाले खुसी लाग्नु स्वभाविक हो ।’

सांसद देवले उक्तm सहमतिलाई पार्टी उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्माले सकारात्मक रुपमा ग्रहण गर्दै स्वागत गरेका पनि अवगत गराए । ‘यसअघि राउतले अहिंसात्मक आन्दोलन गरे पनि राष्ट्र विखण्डको विउ छरेर जनता, समुदाय, भूगोल भूगोलकबीचमा त्यसको बोमन गराउने काम गराएको थियो । जसले देशमा विखण्डनकाजो कुरा आफैमाआपत्तिजनक थियो,’ उनले भने ।

राउतले विखण्डनको कुरा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको भन्दै कांग्रेसले यो सुहमतिलाई आँखा चिम्लेर समर्थन सांसद देवले बताए ।

उनले सहमतिको २ नम्बर बुँदामा रहेको जनमतमा आधारित लोकतान्त्रिक विधिबाट समस्याको समधान खोजिने भन्ने कुरा बहसको विषय हुन स्वभाविक भएको तर्क गरे ।

‘तराई मधेसलगायत अन्य क्षेत्रमा रहेका असुन्तुष्टिहरुलाई जनअभिमतमा आधिरित लोकतान्त्रिक विधिबाट सम्बोधन गरिने छ भन्ने कुराको सुत्रिकरण भएको छ । त्यसमाथि आज बढी चिरफार भइराखेको छ,’ उनले भने,‘चिरफार र बहस हुन स्वभाविक हो ।

त्यो जनअभिमतको मोडालिटी के ? शान्तिपूर्ण राजनीतमा जनमतको प्रतिविम्ब भनेको मतदान, जनआन्दोलन हो । यस्तै तेस्रो भनेको जनमतसंग्रह पनि हो । शान्तिपूर्ण राजनीतमा यी मोडालिटी हुन्छन् । सरकार कुन मोडालिटीमा सहमत भएको छ सिके राउतसँग ?’

सांसदे देवाले यो विषयमा सत्तासीन दलका सांसदहरुबाटै विषय उठिरहेको भन्दै लोकतन्त्रमा अपार्दशीता हुन निरंकुस्ता हुने दाबी गरे । उनले भर्खरै लोकतन्त्रको अभ्यास गर्न खोजेका माक्र्सवादीहरुले बुझ्न जरुरी रहेको बताए । सरकारले पारर्दशी र शब्द चयनमा ध्यान नदिएकाले विवादको सिर्जना भएको उनको भनाई छ । उनले नेकपाका सांसदले ब्याख्य गरेर नहुने भन्दै सरकारबाट नै प्रष्ट जवाफ आउनु गर्ने बताए । जनअभिमतमा आधारिक लोकतान्त्रिक विधिको मोडालिटीबारे प्रधानमन्त्रीले नै जवाफ दिनु पर्ने सांसद देवको धारणा थियो ।