२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेकह्याम पहिलो पटक आफ्नो प्रतिमा हेर्न गए, प्रतिमा राखेको थियो भनेर पत्तो पाएनन् (भिडियो)



अ+ अ-

लस एन्जलस ग्यालेक्सीले आफ्नो चर्चित पूर्व खेलाडी डेभिड बेकह्यामको प्रतिमालाई स्टेडियमबाहिर राखेर सम्मान गर्ने योजना बनाइरहेका बेला जेम्स कोर्डन र उनको समूहले डेभिडमाथि प्र्याङ्क गर्ने सोच बनाए । यसै योजना अनुरुप उनीहरुले डेभिडलाई रिस उठाउने प्रशंसक, खेलको क्रममा विफल भएका हाइलाइट्स र जसरी हेरेपनि उनीजस्तो नदेखिने प्रतिमा बनाए ।

उनीमाथि प्र्याङ्क गरिएको होला भनेर उनले सोच्दै सोचेनन् । क्लबले अनलाईन सेयर गर्नका लागि उनको भिडियो रेकर्ड गरिरहेको हुनसक्ने उनले अनुमान गरे । उनलाई सिलसिलाबद्ध तरिकाले रिस उठाउने योजना भने विफल भयो किनभने उनले निकै कुल भएर स्थितीको सामना गरे ।

उनलाई रिस उठाउनका लागि कोडेनले प्रशंसकको रुपमा एक व्यक्तिलाई पठाए । उनले डेभिडलाई ‘डेभ’ भनेर बोलाइरहे, जुन उनलाई मन पर्दैनथ्यो र उनले उनको समूहको नाम पनि गलत उच्चारण गरे ।

एलए ग्यालेक्सीका अध्यक्ष क्रिस क्लेनले डेभिडको करियरको हाइलाइट्स भन्दै मिस्ड गोल, झगडा र रातो कार्ड पाएका भिडियो देखाए ।

सबै मानिसहरुले एक हदसम्म मात्र रिस नियन्त्रण गर्न सक्छ । डेभिडको पनि रिसको सीमा त्यतिबेला नाघ्यो जब उनको प्रतिमा अनावरण गरियो । राक्षसका जस्ता आँखा, निकै लामो चिउँडो र अत्यधिक लामो पाखुराले उनको रगत तात्यो ।

पछिल्ला वर्षमा क्रिस्टियानो रोनाल्डो, ब्रान्डी च्यास्टेन र मोहम्मद सलाहजस्ता चर्चित फुटबल स्टारका प्रतिमा खासै प्रभावित तुल्याउने किसिमका छैनन् । उनीहरुको प्रतिमा फेसबुकमा मेमे बने त्यसकारण बेकहम आफ्नो प्रतिमा कस्तो होला भनेर केही हदसम्म डराएका थिए । तर अन्त्यमा उनी आफ्नो प्रतिमा देखेर खुसी भए ।

‘हिजो मेरो लागि निकै राम्रो दिन थियो,’ उनले इन्स्टाग्राममा लेखे । ‘एलए ग्यालेक्सीमा परिवार, आफन्त, टिम र प्रशंसकसँग समय बिताउन पाउँदा म निकै उत्साहित छु । म सबैभन्दा धन्यवाद भन्न चाहन्छु ।’

भिडियो

https://youtu.be/bF014EUJrSI