२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : भुटान हारेपछि आयोजक नेपाल सेमिफाइनलमा प्रवेश



अ+ अ-

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र ब‌ंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३–० ले पराजित गरिसकेको छ ।

बिहीबार भएको खेलमा बंगालदेशको जितमा मिश्रात जहान मौसमी र मोनिका चक्माले समान एक एक गोल गरे । भुटानले पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर भुटानले गोलको अवसर भने सिर्जना गर्न सकेन ।

दोस्रो हाफमा भने सुरुमै भुटानले गोल खायो ।खेलको ४७ औं मिनेटमा मिश्रात जहान मौसमीले हेडर गोल गर्दै बंगालदेशलाई अग्रता दिलाइन् । उनले मोनिका चक्माको कर्नर प्रहार बललाई हेडर गोल गरेकी थिइन् । यही गोल बंगलादेशका लागि टर्निङ पोइन्ट बन्यो । त्यसपछि ८५ औं मिनेटमा बंगालदेशकी कप्तान साविनाले गोल गर्दै २–० गोलको जीत दिलाइन् ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।