२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ दिनभित्र हतियार बुझाए छुट, ‘विप्लव’ समुहको कुरा माने जेल : मन्त्री बास्कोटा



अ+ अ-

काठमाडौँ । सरकारले आतंकवादी क्रियाकलाप गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग सहयोग गर्नेलाइ कानुनी दायरामा ल्याउने बताएको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न समूहमाथि हुने जोसुकैलाई कारवाही गर्ने भएको हो ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् ।

त्यस्तै, अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ ।