२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई मार्नुपर्छ भनेर माइन्यूट गरे रे, मलाई विप्लव समूहप्रति दया लागेर आयो : प्रचण्ड



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् । दाहालले प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर माइन्यूट गरेको बताए ।

तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा ‘मलाई विहान सरकारको तर्फबाट जानकारी गराइयो, दाहाले भने, मेरै कार्यालयको सचिव बसेको विप्लव समुहले प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे ।’

उनले भने, ‘मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’उनले प्रश्न गरे के मलाइ मारेर संघीय लोकतन्त्र गणतन्त्र बच्ने हो ?

अध्यक्ष दाहाले भने, मेरै स्कुलको नक्कल गर्न खोजेको बाहेक केही देखिन्न । सक्कल गरेर मात्र पास हुने हो । नक्कलले दुःख पाउनेबाहेक केही हुनेवाला छैन ।

दाहाले ज्ञानेन्द्र शाहले राजा महेन्द्रको कलाविहीन नाटक नक्कल गर्न खोज्दा राजतन्त्र नै समाप्त भएको भन्दै अरुको नक्कल गर्न खोजे दुर्घटना हुने बताए ।

उनले भने परिस्थिति अनुसार चल्न सुझाव दिएका छन् । महान् सहिद तथा बेपत्ता योद्वाको आदरणिय परिवार जनहरुको अगाडि उभिएर म साथीहरुलाई एक चोटी निधार खुम्चाएर सोच्न आग्रह गर्दछु । परिस्थिति ५२ सालको जस्तो छैन यो ७५ साल हो र ठुलो राजनितिक परिवर्तन हाम्रै कारणले आएको हो उनले भने ।