२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामी बोकेको एम्बुलेन्सले प्रहरी चढेको गाडीलाई ठक्कर दिँदा ४ जना घाइते



अ+ अ-

नवलपरासी । नवलपरासीको सदरमुकाम कावासोतीमा बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी एम्बुलेन्सले प्रहरी चढेको गाडीलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

कावासोती–१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको एम्बुलेन्सले प्रहरी चढेको बा२झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिएको थियो

दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू–१० बस्ने ४८ वर्षीय आनन्द जैसी, ८१ वर्षीय दुलनाथ जैसी, ७४ वर्षीय मानकुमारी जैसी, र एम्बुलेन्स चालक ५१ वर्षीय खुमाकान्त न्यौपाने रहेका छन् ।

घाइतेहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।