२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोइङ ७३७ विमान अमेरिकी आकाशमा नउडाउनु : राष्ट्रपति ट्रम्प



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताए ।

इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि छ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै विमानका बारेमा केही “नयाँ सूचना” प्राप्त भएको बताउका थिए तर उनले यस बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

“सबै विमानको उडान स्थगन गरियो, र यो तत्कालै लागू भएको छ,” ट्रम्पले बताए । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महत्वको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यस बारेमा थप प्रष्ट पार्ने बताए ।

राष्ट्रपति ट्रम्पले क्यानडाका अधिकारीहरु, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगन गर्ने घोषणा गरिएको बताए ।

“बोइङ अद्वितीय कम्पनी हो,” ट्रम्पले भने। “उनीहरु अहिले ज्यादै मिहिनेतका साथ काम गरिरहेका छन् र चाँडै समस्या सुल्झने छ ।”

यसैबीच, बोइङले जारी गरेको विज्ञप्तिमा म्याक्स सिरिजका विमान पूर्ण सुरक्षित रहेको जनाउँदै भनिएको छ, “बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूहरुलाई पूर्ण आत्मविश्वास छ ।” कम्पनीले अमेरिकी नागरिक उड्डयन प्रशासनसँग बसेर विमानको सुरक्षा प्रबन्धबारे एउटा निष्कर्षमा पुगिने जनाएको छ ।

बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले कम्पनीले सचेततापूर्वक सक्रियताका साथ कार्य गरिरहेको बताए ।

अमेरिका सहित युरोपेली मुलुकहरु, चीन, सिंगापुर, अस्ट्रेलिया, भारत लगायतका विश्वका अधिकांश मुलुकले बोइङ ७३७ सिरिजका विमानहरुको उडान स्थगन गर्ने र आफ्नो आकाशबाट उड्न नदिने घोषणा गरिसकेका छन् ।