२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक विष सेवन गर्दा एकको मृत्यु



अ+ अ-

वीरगञ्ज । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले सोमबार बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध बढ्दै गएको भए पनि संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण खुलिनसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले बताए । यता संजय दास थारूसँगै ती किशोरीहरूलाई भगाउन पुगेका चार र पाँच जनाको समूहमा आएका युवामध्ये ४ जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर त्यहाँको प्रहरी चौकीमा बुझाएको प्रहरीले बताएको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।