२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?



अ+ अ-

काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए ।

सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । अब उनको योजना के छ रु सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ । उनले सरकारसँग अचानक गरेको सहमतिले मधेसका राजनीतिमा पक्कै नयाँ ‘डिस्कोर्स’ दिनेछ ।

मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ । सत्तारुढ दलले पनि नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रुपमा भए पनि परीक्षण गरिसकेको छ कतिपयले प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेस केन्द्रित दल बनाउने विश्लेषण गरिरहेका छन् । उनी कतै मधेस केन्द्रित दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।