२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु



अ+ अ-

मेक्सिको । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त भएको हो । तीव्र गतिमा रहेको उक्त ट्रक सडकमा पल्टिएको थियो ।

होन्डुरस, एल–साल्भाडोर र ग्वाटेमाला समेतका मध्य–अमेरिकी राष्ट्रहरुबाट मेक्सिको हुँदै बर्सेनि ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न जोखिमपूर्ण यात्रा गर्दछन् । बाटोमा आइपर्ने जोखिमबाट बच्न उनीहरु समूह बनाएर यात्रा गर्ने गर्दछन् ।

बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८० जना यात्रु रहेका थिए । घटनामा परी घाइते भएकाहरुलाई उपचार गराइएको छ ।

गत वर्ष अक्टोबरमा करिब सात हजार मानिस मेक्सिको हुँदै मेक्सिको–अमेरिकासँगको सीमावर्ती सहर तिजुआना पुगेका थिए ।