२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुरको बदनाम, संगठनका नाममा पौन दुई अर्ब कर छली



अ+ अ-

काठमाडौं । ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ मजदुरका नाममा व्यापारिक फर्म दर्ता गराई झुटा तथा नक्कली कर बीजक जारी गरेर मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

दाखिल गर्नुपर्ने भ्याट, थप दस्तुर र ब्याजसमेत गरी ६५ करोड ४४ लाख, दाखिल गर्नुपर्ने आयकर, थप दस्तुर र ब्याजसमेत गरी १ अर्ब ९ करोड राजस्व चुहावट भएको विभागको दाबी छ । बिगो र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोका दोब्बरसम्म जरिवानासमेत ३ वर्षसम्म कैद सजायको मागदाबी पनि विभागले प्रतिवादीविरुद्ध गरेको छ । यो
समाचार नयाँ पत्रिका दैनिकमा छ ।