२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि रिक्त रहेको बिभिन्न चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ ।

मङ्गलबार बसेको समितिको बैठकले वित्त आयोग, मधेसी आयोग, समावेशी आयोग, र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।

वित्त आयोगमा बालानन्द पौडेल, मधेसी आयोगमा डा.विजयीकुमार दत्त, समावेशी आयोगमा शान्तराज सुवेदी र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति बिध्यादेवि भण्डारीले नियुक्ति गर्ने छिन् ।