२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सट्टा शिक्षकमाथि प्रहरीद्धारा पानीको फोहोरा र अश्रुग्याँस प्रहार



अ+ अ-

काठमाडौँ । स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस हानेको हो ।

प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । उनीहरूले आइतबार पनि प्रयास गरेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।

तर रोजगारलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेको सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरु विरोधमा छन् ।

मुलुकभर ४० हजार राहत शिक्षक छन्। शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ।