२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना



अ+ अ-

दार्चुला । दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ ।

सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टी फेरि अर्को जीप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ । दार्चुला–तिंकर सडकखण्डको राताका भीरमा एकतर्फी माात्रै एकपटक सानो गाडी गुड्न मिल्छ । तर अर्कोतर्फबाट गाडी आए फर्किनुपर्ने हुन्छ ।

भीरमा करिब आधा किलोमिटर लामो सडकको ट्रयाक खोलिएको छ । अग्लो भीरका कारण ‘डबल कटिङ’ नहुँदा गाडी एकतर्फी मात्रै चलाउन मिल्छ । वर्षौदेखि सो भीरमा प्रहरीको अनुमति लिएर मात्र गाडी चलाइँदै आएको हुन्छ । भीरको वारिपट्टी र पारिपट्टी प्रहरी तैनाथ हुन्छन् । एम्बुलेन्स र इमर्जेन्सीमा सवारी सधानले राताकाठा भीर पार गर्नुपर्दा प्रहरीको अनुमति लिनैपर्ने अवस्था छ । दिनभर भीरमा प्रहरी तैनाथ हुन्छ । यो समाचार नागरिक दैनिकमा छ।