२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी सेना आगामी महिनादेखि आधा घटाउने प्रक्रिया शुरु गरिने पनि अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले बताएको छ । उक्त पत्रिकाका अनुसार हाल अफगानिस्तानमा तैनाथ आठ हजार ६०० जना युरोपेली र अन्य अन्तर्राष्ट्रिय सेनाले तालिम लगायतमा अफगान सुरक्षाफौजलाई मद्दत गर्नेछन् ।

ती सैनिक फिर्ता गर्ने विषयमा नेटो संगठनमा पनि छलफल भएको बताइएको छ । हाल अमेरिकामा रहेका नेटोआबद्ध सैनिकले अफगानिस्तानको सेनालाई आवश्यक सल्लाह र सुझावका साथै तालिम दिने गरेका छन् । यी सैनिकले तालिबानका विरुद्ध सीमित हवाई आक्रमण बाहेक देशमा विभिन्न स्थानमा पुगेर सुरक्षा कारबाही गर्न छाडेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता कोन फल्कनरले अफगानिस्तानमा युद्धरत विद्रोही तालिबानसँग जारी वार्तामा कुनै सहमति भइनसकेको पनि बताए ।

उाले अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा अमेरिका तयार रहेको र के कति मात्रामा अमेरिकी सैनिक फिर्ता गर्ने र के कस्ता शर्तमा फिर्ता गर्ने भन्ने बारेमा छलफलका लागि अमेरिका सधैँ खुला रहेको बताए ।

उता अफगानिस्तानका तालिबानी समूहसँग सोमबारदेखि नै कतारमा पाँचौं चरणको वार्ता शुरु भइसकेको छ । वार्तामा अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानी प्रतिनिधिमण्डल सहभागी रहेका छन् । उक्त वार्ता बिहीबार स्थगन भएको र आन्तरिक विचारविमर्श पश्चात् शनिबारदेखि पुनः वार्ता हुनेछ ।

यसअघिका वार्ताहरु उपलब्धिमूलक भएका र पछिल्लो वार्ता पनि सकारात्मक हुने अपेक्षा गरिएको विशेषदूत खलिलजादले बताए ।

अमेरिकी सेनाले तालिबान समूहलाई वार्ताका लागि दबाब सिर्जना गर्न पछिल्लो समय तालिबान लक्षित हवाई आक्रमणलाई तिब्रता दिएको छ । यी आक्रमणहरु सन् २०१४ यता सबैभन्दा बढी भइरहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा सन् २००१ यता हालसम्म दुई हजार ४०० जना अमेरिकी सेना मारिएका छन् ।