
काठमाडौँ । अनमोल केसीको अभिनय रहेको क्याप्टेन शुक्रबारबाट प्रर्दशनमा आएको छ । नेपाली फुटबलको बिषयमा निर्माण भएको फिल्ममामा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी देख्न सकिन्छ।
अनमोल केसीका अनुसार यस फिल्ममा बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको एक व्यक्तिले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा सामाना गर्नु पर्ने चुनौती फिल्मले मुख्य कथा बस्तु रहेको छ ।
फिल्मलाई सुदिप बरालले छायाँकन गरेका छन् भने सामिप्यराज तिमल्सिनाको पटकथा लेखेका छन् । उक्त फिल्ममा अनमोलका साथसाथै सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ ।












