२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागिरबाट निकालिएको भन्दै दुई जना नर्सले हाम फाले



अ+ अ-

काठमाडौँ । जागिरबाट निकालिएको भन्दै भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लाबाट दुई जना नर्सले हाम फालेका छन् । हाम फाल्ने नर्स पछिल्लो २३ दिनदेखि प्रदर्शन अस्पताल एरियामा प्रर्दशन गरिरहेका थिए ।

भारतीय मिडियाका अनुसार हाम फाल्ने कर्मजीत कौर औलख र बलजीत कौर खालसा भएको बताएका छन् । उनिहरुले प्रशासनका अधिकारीलगायत पुलिस जवानको सामुन्ने लगभग सात सयको उपस्थिती भएको बेलामा हाम फालेका हुन् । दुबैको स्थिती चिन्ताजनक भएको भारतीय प्रहरीले जनाएको छ ।

। स्वास्थ्य मन्त्री ब्रह्म मोहिन्दरादेखि पुलिस र प्रशासनले नर्सले हाम फाल्ने संकेत पाएपनि उनीहरुलाई रोक्न कुनै पनि प्रयास नगरिएको आरोप लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरुलाई बचाउनका लागि एउटा माछा समात्ने जाली र दुई इन्च मोटो कार्पेट बिछ्याइएको थियो । कर्मजीतले एक हप्ता अघि एउटा भिडियो पोष्ट गर्दै उनले बिहिबार चन्दीगढमा हुने छलफलमा नियुक्तिपत्र नदिए आफू अर्की नर्स साथीसँगै हाम फालेर आत्महत्या गर्ने चेतावनी दिएकी थिइन् ।