२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि पावर हाउस बार्सिलोनाको सामना गर्ने



अ+ अ-

काठमाडौँ । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको दोस्रो लेगमा रियल बेटिसलाई १–० गोलले हराउँदै भ्यालेन्सियाले फाइनलमा स्थान बनाएको हो । भ्यालेन्सिया समग्रमा ३–२ गोलले विजयी भयो । यसअघिको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

भ्यालेन्सियाको जितमा रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । अब उपाधिका लागि भ्यालेन्सियाले स्पेनिस पावर हाउस बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार रियल म्याड्रिडलाई समग्रमा ४–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको छ । बार्सिलोना लगातार पाँचौं पटक यस उपाधि चुम्ने अभियानमा छ ।

कोपा डेल रेको फाइनल भिडन्त आगामी मे २५ तारिख हुनेछ ।




भर्खरै