२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय : शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

बैठकले मन्त्री अधिकारीलगायत यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

त्यस्तै पार्टीका सबै कार्यालयमा आज उहाँको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । तीन दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट यही फागुन २३ गते केन्द्रीय श्रद्धाञ्जलि सभाको आयोजना गर्ने निर्णय गरिएको छ । बैठकले दुर्घटनामा परेर निधन हुनुभएका व्यक्तिको परिवारको आर्थिक स्थिति र आवश्यकतासमेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

शव परीक्षण गरिसकेपछि श्रद्धाञ्जलिका लागि स्थानीय टुँडिखेलमा राख्ने तयारी गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसलगत्तै अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिनेछ । अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने जानकारी उहाँले दिनुभयो ।




भर्खरै