२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिफोन सेवा अवरुद्ध



अ+ अ-

प्युठान । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पु¥याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करीब दुई हप्तादेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

चट्याङले टावरमा क्षति पु¥याएकाले अझै करीब दुई हप्ता मर्मतसुधार गर्न लाग्ने दूरसञ्चार कार्यालयका प्रमुख कृष्ण श्रेष्ठले बताउनुभयो । घटना पछि नेपालगञ्जस्थित दूरसञ्चार कार्यालयबाट प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरेकोे र टावरका उपकरण मर्मत भइरहेको उहाँले बताउनुभयो । दुई हप्तादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीका साथै वैदेशिक रोजगारीमा गएकाहरु आफन्तजन र घरपरिवारसँग सञ्चार सञ्चार सम्पर्क गर्न पाएका छैनन ।