२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गैरआवासीय नेपाली स्तब्ध’



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढ्नुभएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सवार सबैको निधन भएको खबरले गैरआवासीय नेपाली स्तब्ध भएको जनाएको छ ।

सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र होनहार युवा नेता गुमाएको जनाएको छ ।

“नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनुभएका अधिकारीसँगको एनआरएनएको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटनमन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रवद्र्धनमा लागि उहाँले गर्नुभएको पहल हाम्रा लागि चिरस्मरणीय रहनेछन्”, सङ्घका प्रवक्ता भूषण घिमिरेद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सङ्घले सोही घटनामा परी दिवगङ्त हुनुभएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत सबैको परिवारजनमा यस शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेको छ ।

यसैबीच, नेपाल चेम्बर अफ कमर्शले पनि मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी शेर्पालगायतको दुर्घटनामा परी निधन भएकामा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।