२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग



अ+ अ-

न्यूयोर्क । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।

मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएको छ । यस वर्ष झण्डै २८ हजार ४७८ थान रोबोट बिक्री भएको मिसिगनस्थित एड्भान्सिङ अटोमेसन सङ्घले जनाएको छ ।

रोबोटको प्रयोग अन्य क्षेत्रमा पनि बढेको छ । खाद्यान्न र उपभोग्य बस्तुको आपूर्ति गर्ने कम्पनीहरुको माग पनि अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशतले बढेको छ । सेमिकन्डक्टर र विद्युतीय प्लान्टमा रोबोटको माग अघिल्लो वर्षभन्दा ५० प्रतिशतले बढेको छ । धातु उत्पादक कम्पनीमा समेत रोबोटको माग १३ प्रतिशतले वृद्धि भएको छ ।

निकै कसिकसाउ रोजगार बजारमा कामदारको ज्याला वृद्धि भएसँगै कम्पनीहरुमाथि आफ्नो उत्पादनमा रोबोटजस्ता स्वचालित प्रविधिको प्रयोग बढ्न थालेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा सञ्चालित अमेरिकी कम्पनीहरुलाई स्वदेश फर्काउन अनुरोध गरेपनि धेरै अमेरिकी कम्पनीले महङ्गा अमेरिकी कामदार प्रयोग गर्नुको सट्टा निकै सस्तो पर्ने रोबोटको प्रयोग गर्न रुचाउन थालेका छन् ।

एड्भान्सिङ अटोमेसनका उपाध्यक्ष बब डोयलले कार उत्पादन कारखाना र अरु ठूला उत्पादक कारखानाहरुमा रोबोटको प्रयोग अत्यधिक रुपमा बढेको बताउनुभयो । स–साना कारखाना र गोदाम घर समेत स्वचालित विधिबाट चलाउन थालिएको उहाँले जानकारी दिनुभयो ।

तिनैमध्येको एक हो मेट्रो प्लास्टिक टेक्नोलोजिज इन्क । इन्डियाना राज्यको नोबल्सभिलको एक निजी व्यवसायमा १२५ जना कामदार छन् । यो कम्पनी सन् १९७० को दशकमा शुरु भएको थियो । गत वर्ष मार्च महिनामा यो कम्पनीले पहिलो रोबोट किन्यो । यो रोबोटले उत्पादित वस्तुहरु गुणस्तर परीक्षणका लागि बोकेर ल्याउने गर्दछ । विगतमा यो काम फोर्कलिफ्टको मद्दतले कामदारले गर्नुपथ्र्यो ।

“हामीसँग पाँच हजार पाउन्डका तीन वटा फोर्कलिफ्ट थिए,” कम्पनीका अध्यक्ष केन हानले बताउनुभयो । “अहिले हामीले ती सबै हटायौं । यो रोबोटलाई ४० हजार डलर लाग्यो, र यो आधाभन्दा बढी नै सस्तो छ ।”

गत वर्ष सवारी साधन निर्माता कम्पनीहरुमा रोबोटको माग अत्यधिक बढेको छ । आपूर्तिको अर्डर भएका रोबोटमध्ये झण्डै ६० प्रतिशत सवारी साधन निर्माता कम्पनीहरुले लगेका थिए ।

“खाद्य उद्योगले पनि रोबोटको माग निकै बढाएका छन्,” कावासाकी रोबोटिक्स ९युएसए० का बिक्री तथा बजार निर्देशक ड्यान ह्यास्लेले बताउनुभयो । उहाँले थप्नुभयो, “खाद्य तथा पेय उद्योगमा ठूलै संख्यामा कामदारको जरुरत पर्दछ, तर रोबोटलाई पनि यी क्षेत्रमा प्रयोग गर्न थालिएको छ ।”




भर्खरै