२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति अमेरिका जादैँ, भण्डारीको सुरक्षा व्यवस्था मिलाउन स्वकीय सचिव दुई सातादेखि अमेरिकामै



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनमा नेपालबाट राष्ट्रपति विध्यादेवी भण्डारी जाने भएकी छिन् । कमिसन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन भण्डारी न्युयोर्क जाने तय भएकोे राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

राष्ट्रपतिको सुरक्षको चाजोपाजो मिलाउ हाल प्रमुख स्वकीय सचिव भेषराज अधिकारी दुई सातादेखि अमेरिकामै रहेको पनि राष्ट्रपतिको कार्यलयले जनाएको छ । मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने ६३ औं सेसनमा सहभागी हुन राष्ट्रपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले पुष्टि गरे । अन्य कार्यक्रम भने परराष्ट्र मन्त्रालयले तय गर्ने उनले बताए ।

राष्ट्रपतिसँग महिला वालवालिका तथा जेष्ठ नागरिक सम्बन्धी मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की लगायत भ्रमण दलमा सामेल हुनेछन् ।

सीडब्लुएसको ६३ औं सेसनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने राष्ट्रपतिको कार्यलयको स्रोतले जनाएको छ ।




भर्खरै