२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्राफिक एप्स’को मद्दतले सार्वजनिक बस कारवाहीमा



अ+ अ-

राँझा । लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीमा दुई सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन (बस)मा दुई सवारी चालक राखे÷नराखेको जानकारी लिन चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

उहाँका अनुसार, लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाइएको छ ।




भर्खरै