२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप एशिया छनोटः नेपालले अन्तिम खेल कुवेतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड र युएई गरी तीन टोलीले ग्लोबल छनोटका लागि दावी पेश गरिरहेका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र नभई नेपालका लागि थाइल्याण्ड र यूएईबीच हुने खेलको नतिजासमेत आफूअनुकूल आउनुपर्नेछ ।

पाँच खेलमा शतप्रतिशत जितसहित १० अङ्क जोडेको थाइल्याण्ड शीर्षस्थानमा छ । पाँच खेलमा चार जित निकाल्दै युएई अङ्क तालीकाको दोस्रो स्थानमा छ ।

त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन, थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ । अन्तिम खेलमा थाइल्याण्डले युएइसँग प्रतिस्पर्धा गर्दैछ । युएईविरुद्धको खेल थाइल्याण्डले जितेमा आयोजक ग्लोबल छनोटमा पुग्नेछ । थाइल्याण्ड पराजित भएमा नेपाल, थाइल्याण्ड र यूएइमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार टस हारेर शुरुआती ब्याटिङको निम्तो पाएको नेपालले कुवेतविरुद्ध निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११६ रन बनाएको छ ।




भर्खरै