२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोका दिएको भन्दै सोनाक्षी विरुद्ध मुद्दा दर्ता



अ+ अ-

भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ ।

भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद शर्माले पुलिसलाई यसबारे उजुरी पनि दिए तर आरोपीविरुद्ध कुनै कारवाही भइरहेको थिएन । दुःखी प्रमोदले फेब्रुअरी १३ मा विष खाएर आत्महत्या गर्ने कोसिस गरे । अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइयो ।

सोनाक्षीलाई अवार्ड कार्यक्रममा जानुथियोः

कटघर इलाकाको शिवपुरी गाउँका प्रमोद शर्माले नोभेम्बर २४ मा मुरादाबादका एसएसपीलाई सोनाक्षी सिन्हाविरुद्ध ऊजुरी दिएका थिए । प्रमोदका अनुसार उनले दिल्लीमा ३० सेप्टेम्बरमा इन्डिया फेशन एण्ड ब्यूटी अवार्ड कार्यक्रमको आयोजना गरेका थिए । यसमा अवार्ड बाँड्न सोनाक्षी पनि जानुथियो । यसका लागि प्रमोदले ट्यालेन्ट फूल अन कम्पनीसँग कन्ट्र्याक्ट गरेका थिए । प्रमोदको दाबी अनुसार सोनाक्षीकी नीजि सचिव मालविका पंजाबीसाग कुराकानीपश्चात् उनले ३७ लाख उनको खातामा अनलाइन ट्रान्सफर गरेका थिए तर सोनाक्षीले कार्यक्रममा आउन अस्विकार गरिन् । एजेन्सी




भर्खरै