२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा आएका विषादीमध्ये ८५ प्रतिशत तरकारीमा



अ+ अ-

काठमाडौं । आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ। त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ। सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ। वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ। विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो।

अध्ययनअनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ। तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ। कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए। सरकारले पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह विभिन्न कार्यक्रम गरी मनाएको छ। कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको छ।

सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य लिए पनि बालीनालीमा विषादी प्रयोग घटेको छैन, झन् बढ्दो छ।

विषादी प्रयोग गर्नेलाई दण्डसजायको व्यवस्था छैन। तर केन्द्रले विषादी व्यवस्थापनमा अनुगमन, सचेतीकरण, दर्ता प्रक्रिया र बिक्रीवितरणमा नियमन गर्दै आएको सुवेदीले बताए। सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्ताकहाँ पुर्‍याउने कार्यमा तत्काल रोक लगाउन २०७४ माघ १६ गते परमादेश जारी गरेको थियो। तर कार्यान्वयन भएको छैन।

उपभोक्ता अधिकार ऐन २०५४ ले उपभोक्ताले विषादीरहित खाना खान पाउने अधिकार प्रदान गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो अध्ययनले १२ प्रतिशत खाद्य सामग्रीमा प्रतिबन्धित विषादीको मात्रा बढी फेला पारेको थियो।

कालीमाटी फलफूल तथा तरकारी बजारसहित अन्य सात स्थानमा विषादी अन्वेषण हुँदै आएको छ। कालीमाटीमा दैनिक आठवटा नमुना परीक्षण गरी विषादीको मात्रा बढी भएका तरकारी नष्ट गर्न लगाउँदै आएको छ। खाद्यवस्तुमा विषादीको मात्रा नाप्ने निषेध दर ९इन्हिबिसन रेट० ४५ प्रतिशतभन्दा बढी भएका तरकारीलाई अखाद्य, ३५ देखि ४५ प्रतिशत भएकालाई निश्चित अवधि राखेर मात्र खान मिल्ने र ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ।

बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखामा २ हजार २ सय ७५ वटा व्यापारिक नाम भएका १ सय ३२ थरीका विषादी दर्ता गरिएका छन्। तिनमा ५१ थरीका कीटनाशक विषादी छन्। सबभन्दा बढी कीटनाशक र ढुसीनाशक विषादी प्रयोग हुन्छ। सरकारले १६ थरीका विषादीलाई प्रतिबन्धित सूचीमा राखेको छ। थप पाँच घातक विषादीमाथि प्रतिबन्ध लगाउने तयारी छ। गत वर्ष कीटनाशक विषादी १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन आयात भएको केन्द्रको तथ्यांक छ। पछिल्लो पाँच वर्षमा ११ अर्ब रुपैयाँको आयात भएको देखिन्छ।

विषादी प्रयोगले तत्कालीन रूपमा मूच्र्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा मृत्यु हुने असर गर्छ। अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, विभिन्न अंगमा असर, नसासम्बन्धी समस्या समस्या दीर्घकालीन रूपमा ल्याउने गर्छ। विश्वमा प्रत्येक वर्ष ४ करोडमा विषादीले असर पुर्‍याउने गरेको पाइएको अध्ययनले देखाएको छ। विषादीकै कारण वार्षिक करिब ३ लाख ५५ हजार र दिनमा ७ सय व्यक्तिको मृत्यु हुने गरेको छ। अन्नपूर्ण दैनिकमा खबर छ ।




भर्खरै