२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय टोखा बाल साहित्य महोत्सव–२०७५ सम्पन्न



अ+ अ-


‘धेरै लेख्दैमा सफल होइँदैन, थोरै लेखेर पनि सफल भइन्छ’ : बरिष्ठ साहित्यकार श्रेष्ठ


काठमाडौं: त्रियोग माध्यमिक विद्यालय र टोखा नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ‘टोखा साहित्य महोत्सव’को प्रथम संस्करण सम्पन्न भएको छ ।

त्रियोग माध्यमिक विद्यालय परिसरमा आज आयोजना भएको उक्त महोत्सवमा देशका ख्यातिप्राप्त साहित्यकारहरुको उपस्थिति रहेको थियो । विभिन्न विद्यालयका बालबालिका, किशोर–किशोरी तथा शिक्षक–शिक्षिका र आगन्तुक लक्षित २० भन्दा बढी क्रियाकलाप रहेको उक्त महोत्सव सफल भएको आयोजकको दाबी छ ।

कार्यक्रममा बरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता खालका साहित्यिक महोत्सवले बालबालिकाहरुलाई साहित्यप्रति झुकाव बढ्ने विश्वास दिलाए । उनले भने,‘साहित्य त्यस्तो चिज हो, जो धेरै लेख्दैमा सफल हुने कुरा होईन, थोरै लेखेर पनि सफल भईन्छ।’ साहित्य समाजको विम्बको रुपमा रहेकोले यसको महत्व धेरै रहेको उनको भनाई थियो ।

आयोजकमध्येको एक त्रियोग माध्यमिक विद्यालयका कार्यकारी निर्देशक अजित लामाले बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि यो महोत्सव कोशेढुँगा सावित भएको स्पष्ट पारे । उनकाअनुसार आजको महोसत्वमा २८ भन्दा बढि विद्यालयबाट बालबालिकाहरुको सहभागिता रहेको थियो ।

महोत्सवमा विभिन्न विधाका लेखकहरु, शिक्षाविदहरु, निती निर्माताहरु र साहित्यप्रेमीहरुको बाक्लो उपस्थिती रहको थियो । त्यस्तै महोत्सवमा कथा र कविता वाचन, चलचित्र, खेल तथा मनोरञ्जनात्मक प्रतिस्पर्धाहरु, कार्यशाला, बहस, लेखक अन्र्तकृया तथा स्थानीय सांस्कृतिक गतिविधीहरु समेत गरिएको विद्यालयका प्राचार्य निलाद्री परियालले जनाए ।

आयोजकमध्येको एक टोखा नगरपालिकाका प्रतिनिधि मधुसुदन पाण्डेले दिएको जानकारीअनुसार उक्त महोत्सवमा करिब चार हजार भन्दा बढिको सहभागिता रहेको थियो । उक्त महोत्सवमा टोखा नगरपालिका, ब्रिटिस काउन्सील, स्पोकन वर्डस, वन्यजन्तु संरक्षण नेपाल, बाल कला संग्रहालय तथा स्थानीय संघसंस्थाको समेत सहभागिता रहेको थियो ।

शिक्षाविदहरु र संघ÷संस्थाहरुको सहभागितामा स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी विशेष बहस पनि सम्पन्न भएको आयोजकले जनाएको छ । शिक्षामूलक कार्यक्रममार्फत स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधारमा त्रियोग माध्यमिक विद्यालयले विशेष पहल गर्न लागेको हो ।

कार्यक्रममा साहित्यकारहरु नयनराज पाण्डे, दीपा बोहोरा, त्रेलोक्य बजगाँई, सञ्जिबिनी योञ्जन, रोचक दाहाल, लोकनाथ गुरागाँई र वासुदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो । उनीहरुले बाल साहित्य सिर्जनाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।




भर्खरै